५ आश्विन २०८१ शनिबार
image/svg+xml

अदालतको आदेश अवज्ञा गर्दै सरकार

कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्न पु¥याउने व्यवस्था गर्नू तर गाउँ जान नदिनू: प्रधानमन्त्री

प्रदेश ५ मा पैदल यात्रुलाई क्वारेन्टाइन पठाइने

प्रदेश नं. ५ सरकारले सडकमा पैदल यात्रा गरीरहेकाहरुलाई उद्यार गरी तत्काल क्वारेन्टाइनमा पठाउने भएको छ। प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले शुक्रबारै प्रदेशभित्र प्रवेश गरीसकेका पैदल यात्रीहरुलाई नजिकका पालिकाका क्वारेन्टाइनमा पठाइ खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गर्न स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएका हुन।

विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी

काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ।

समस्यामा परेका श्रमिकको उद्धार पहल गर्न आदेश

न्यायाधीश सपना मल्ल प्रधानले दिएको अन्तरिम आदेशमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता ल्याउने-उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ ।

विदेशमा रहेका श्रमिकलाई उद्धारको पहल गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका श्रमिकलाई उद्धारको पहल गर्न आदेश दिएको छ।

प्रदेश सभा अधिवेशन अन्त्य

कोरोना त्रासका कारण घोषित लक्ष्य पूरा नगरी प्रदेश १ संसद्को पाँचौ अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। यही अधिवेशनबाट प्रदेश नामकरणको मुद्दा टुंग्याउने लक्ष्यसहित अधिवेशन सुरु भएको थियो।

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

कोरोना रोकथामको जिम्मेवारी निजी अस्पताललाई पनि दिइने

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारकालािग निजी अस्पतालको व्यवस्थापनतर्पm जोड दिएको छ। कोरोनाको उपचराकालागि सरकारी अस्पतालमा मात्र निर्भर रहेको प्रदेश सरकार निजी अस्प्ताललाई समेत प्राथमिकतामा राखि निजी अस्प्ताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पिपिई लगयात आवश्यक उपकरण उपलब्ध गराउने भएको छ।

सीमा सील गर्दै प्रदेश सरकार, थप एक हजार सुरक्षाकर्मी खटाइने

प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ। सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ।

विदेशमा काम गर्ने नेपालीको पीडा, न सरकारले खोज्छ न दूतावासले

‘मलेसियामा लकडाउनपछि भारत, फिलिपिन्स, बंगलादेशका सरकारी अधिकारीले फोन गरेर  आफ्ना नागरिकको जानकारी लिइरहेका छन्। तर नेपालबाट कसैले सोधीखोजी गरेका छैनन्।’

कोरोनाका कारण फेरियो नयाँ वर्षको शुभकामना सन्देश

प्रदेश १ नं का सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङका सञ्चार माध्यममा नयाँ बर्षको शुभकामना दिदैं भने ‘कोरोनाका कारण यो पटकको नयाँ बर्ष क्वारेन्टाइन मै बिताऔं’ । प्रदेशसभाका अर्का सांसद बलबहादुर साम्सोहाङले पनि २०७७ साल प्रवेशको वर्ष उल्लासमा नभएर कोरोनासंग लड्ने सार्मथ्य निर्माणमा केन्द्रित हुन सल्लाह दिदैं नयाँसालको शुभकामना दिएका छन्। कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको भिडभाडबाट अलग र शान्त र संयम भएर बस्नु नै उत्तम उपाय भएको उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सिमानामा के हुँदैछ?

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सीमानामा के हुँदैछ?

प्रदेश १ : दुवै विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

रदेश १ मा शनिबारदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।

विदेशबाट फर्केका स्थानीयलाई भेटघाटका लागि घरदैलो

जिल्लाको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसंग भेटघाटका लागि घरदैलो अभियान चलाएको छ। विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टीनको बसाई, उनीहरूको स्वास्थ्य अवस्था, परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिनका लागि गाउँपालिकाले घरदैलो अभियान चलाएको हो।

विदेशबाट आएकालाई क्वारेन्टाइन राख्नै मुस्किल

पाल्पाको रामपुरमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइन बस्न सुझाव दिँदा चैत १९ गते २२ वर्षीय कृष्ण कुमाल मरणासन्न हुनेगरी कुटिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्