७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ।  हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र ती मध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कामपाले सबै वडामा  कोभिड–१९ को परीक्षण जारी राखेको छ। 

अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्याङ्क लिइसकको  कामपाले गत बुधबारदेखि कोरोनाको परीक्षण  पनि शुरु गरेको हो।  सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि  कामपाले परीक्षण शुरु गरेको हो। कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण सङ्कलन गरिएको थियो। 

कामपाका प्रमुख विद्या सुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्वन्धित वडामा सम्पर्क गर्न  अनुरोध गरे। यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ। छिमेकलाई पनि ढुक्क हुन्छ। रासस

प्रकाशित: ५ वैशाख २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App