३ आश्विन २०८१ बिहीबार
image/svg+xml

विद्यार्थीको घरमै पाठ्यपुस्तक पुर्‍याउदै स्थानीय तह

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले पालिका भित्रका विद्यार्थीका घर घरमै पाठ्यपुस्तक पुर्‍याउने भएको छ । लकडाउनले विद्यालयहरु बन्द रहेकाले नगरपालकाले विद्याथीहरुका घरमै पाठ्यपुस्तक पुर्‍याउने योजना बनाएको हो ।

डोल्पामा किताबबिनै भर्ना अभियान

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पुगेका छैनन्। पुस्तकबिना नै शैक्षिक सत्र सुरु भयो। तर पढाइले गति लिन सकेको छैन।

पाठ्यपुस्तकविनै हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पुगेका छैनन्। पाठ्यपुस्तक विनानै शैक्षिक सत्र सुरु भयो। तर पढाईले गति लिन सकेको छैन। समयमै पूर्ण पाठ्यपुस्तक नपुगे पनि विद्यार्थी भर्ना अभियानलाई भने यहाँका विद्यालयहरुले तीव्र बनाएका छन्।

विद्यार्थीलाई कस्तो गृहकार्य दिने ?

पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ।

जुम्लामा खस भाषाकाे पाठ्यपुस्तक निर्माण

जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृती र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्यपुस्तक निर्माण गरेको छ। यहाँका २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठनपाठन हुन थालेको हो।

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

थुलुङ भाषाको पाठ्यपुस्तक तयार

थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक तयार पारी सार्वजनिक गरिएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिममा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईद्वारा सो पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

निजी विद्यालयको नियमन

नयाँ शैक्षिक सत्र सुुरु भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्ने र यसबीच निःशुल्क पाठ्यपुस्तक वितरण गर्नेगरी सबै शिक्षा विकास तथा समन्वय एकाइ र पालिकाहरूमा परिपत्र गरेको छ। विद्यालय जाने उमेरका करिब ३ प्रतिशत बालबालिका अझै शिक्षाको पहुँचभित्र नपुगेको सरकारी आँकडा छ। यी बालबालिकालाई विद्यालय भित्र्याउन गत वर्ष राजनीतिक तहबाट समेत भर्ना महाअभियान नै गरिएको थियो।

यसपटक पनि समयमै नपाउने भए डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक

विगतमा जस्तै आउने शैक्षिक सत्रमा पनि हिमाली जिल्ला डोल्पाका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने देखिएको छ। कहिले पाठ्यपुस्तक खरिद गर्ने जिम्मेवारी पाएका एजेन्ट त कहिले जनक शिक्षा सामग्री केन्द्रकै लापरबाहीका कारण डोल्पाली विद्यार्थीले कक्षा सुरु भएको लामो समय भइसक्दा पनि किताब नपाउने नियति यसपटक पनि दोहोरिने देखिएको हो।

जननी ‘कोमा’ मा

चिटिक्कको भवन, वरिपरि भूकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन छन्। तीमध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ– हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको माथिल्लो लहरमा लेखिएको छ–‘सरस्वती नः सुभगा मयस्करत्’ अर्थात् सरस्वतीले हामीलाई समग्र किसिमको ऐश्वर्यशाली बनाऊन्।

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।

उपत्यकाभित्रकै विद्यालयमा पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बित्नै लाग्दा पनि उपत्यकाभित्रकै विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री विकास केन्द्रको बेवास्ताले पुस्तक छपाइ र वितरणमा ढिलो गर्दा त्यसको प्रत्यक्ष असर सामुदायिक विद्यालयहरूमा देखिएको हो ।

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि खोटाङमा अंग्रेजी माध्यमका पाठ्यपुस्तकको पूर्ण सेट आउन सकेको छैन।

स्थानीय पाठ्यक्रम–पाठ्यपुस्तक खोइ ?

केन्द्रीकृत मात्र होइन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पनि पढाइनुपर्छ । आफ्नो गाउँठाउँको ऐतिहासिक महत्व, भूगोल, संस्कृति, प्रकृति, परम्परागत ज्ञान–सीप जान्न–सिक्ने हक सबै बालबालिकालाई हुन्छ । आफूलाई नचिन्ने शिक्षाको के काम ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्