३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

थुलुङ भाषाको पाठ्यपुस्तक तयार

सोलुखुम्बु – थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक तयार पारी सार्वजनिक गरिएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिममा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईद्वारा सो पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

अध्यक्ष राईले कक्षा २ सम्मको पठनपाठनका लागि कम्तीमा पनि तीनजना मातृभाषिक शिक्षकको व्यवस्थापन गर्ने बताए । थुलुङ भाषाको पठनपाठनले बालबालिकामा मातृभाषा सिकाइमा थप टेवा पुग्ने भएकाले माथिल्लो कक्षाको पाठ्यक्रम निर्माणमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । गाउँपालिकाले चालु आवको बजेटबाट सो पाठ्यक्रम निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले कक्षागत पाठ्यक्रम निर्माण गर्दै जाने लक्ष्य लिएको बताए । उनले मातृभाषा र संस्कृति समावेश गरिएको सो पाठ्यपुस्तक तयार पार्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेका र आगामी दिनमा पनि सो सहयोगलाई निरन्तरता दिन अनुरोध गरे । थुलुङ राई संस्कृति प्रतिष्ठानले कक्षा १ सम्मको पाठ्यपुस्तक तयार पारी थुलुङ राईहरूको बसोवास रहेको क्षेत्रका विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ ।

प्रकाशित: २६ वैशाख २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App