२ मंसिर २०८१ आइतबार
image/svg+xml

पोखरा उद्योग वाणिज्य संघः पवन प्रजापती पनि अध्यक्षको उम्मेदवार

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रजापतीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि संघका वर्तमान उद्योगतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

पोखरा उद्योग वाणिज्य संघः अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्।

सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।'

मौद्रिक नीतिप्रति परिसंघको भनाइः मुद्रा आपूर्ति घटेर कर्जाको व्याजदर बढ्ने

परिसंघले ढिलो गरी प्रस्तुत गरेको धारणामा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर बढ्ने निश्चित भएको बताएको छ। परिसंघका अनुसार यी व्यवस्थाले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुनेछ।

एक वर्षमा १९ जना स्टार्टअप बने उद्यमी

एक वर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तीय पहुँचका लागि लगानीकर्ता तथा बैंक एवं वित्तीय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरण गरेको थियो।

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छः मन्त्री बडू

सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना।

बन्द उद्योग सञ्चालनका लागि कर नीति परिमार्जन गर्न माग

मोरङका उद्योगी व्यवसायीले बन्द भएका जीआइ वायर, बनस्पति घिउलगायतका उद्योग सञ्चालनका लागि करनीति परिमार्जन गर्न माग गरेका छन्।

विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छः मन्त्री बडू

विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए।

सरकारले नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति अघि सार्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले युवा उद्यमशीलता विकास गर्न नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने खालको नीति अघि सारेको बताएका छन्।

तरलतामा थप दबाब सिर्जना: महासंघ

उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ८ महिना यता बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने बताएको छ।

उद्योगको उत्पादन क्षमतामा ह्रास

निजी क्षेत्रले गरेको एक अध्ययनले गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा उद्योग व्यवसायको उत्पादन क्षमता खस्केको देखाएको छ।

नवप्रवर्धनात्मक उद्योगलाई प्रवर्द्धन गर्न प्रविधि हस्तान्तरण

८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रविधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो। जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रविधि हस्तान्तरण गरेका थिए।

आर्थिक संकटमा विदेशमा बस्ने नेपालीको महत्वपूर्ण भूमिका: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारी, रुस र युक्रेनबीचको युद्धका कारणले नेपालमा आर्थिक तरलता देखिएको बताएका छन्।

चोभार सुक्खा बन्दरगाहको समस्या समाधान गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्