७ वैशाख २०८१ शुक्रबार
प्रवास

आर्थिक संकटमा विदेशमा बस्ने नेपालीको महत्वपूर्ण भूमिका: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारी, रुस र युक्रेनबीचको युद्धका कारणले नेपालमा आर्थिक तरलता देखिएको बताएका छन्।  

ढकालले नेपाल पत्रकार महासंघ बेलायतको १० औं वार्षिकोत्सवको अवसरमा लण्डनमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।  

उनले देशमा देखिएको आर्थिक तरता पछि देखिएको आर्थिक संकटमा विदेशमा बस्नेहरुलाई सहयोगको लागि अपिल गरे।  

नेपालमा लगानीका प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै बेलायतमा गरिने लगानी भन्दा नेपालको लागानीमा बढी प्रतिफल प्राप्त हुने उनले बताए।  

ढकालले बेलायतमा रहेका नेपालीहरुले समूहिक लगानीको अवधारणमा अघि बढेर नेपालमा लगानी गर्न आग्रह गरे। नेपालमा विदेशी मुद्रा कमि भए पछि सरकारले डलर खाता खोल्न सुविधा दिएको चर्चा गर्दै विदेशी मुद्रामा खाता खोलेर लाभान्वित हुन उनले अनुरोध गरे।  

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले समय अनुकुल पत्रकारहरुलाई क्षमता बृति गदै जानु पर्नेमा जोड दिए। नेपाल बेलायतबीच सामाजिक, राजनीतिक, सांस्कृति तथा आर्थिक सम्बन्धहरु बिस्तारहरु बढ्दै गए पछि पत्रकारहरुलाई थप अवसर र चुनौती थपिएको उनको भनाई थियो।  

त्यस्तै नेपाली दुतावास लण्डनकी उपप्रमुख रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेलाई पत्रकारहरुको हकहित र समाजलाई सुसूचित गर्न क्रियासिल रहन आग्रह गरिन्। खनालले बेलायतमा नेपाली पत्रकारहरुको भूमिका सशक्त र प्रभावकारी रहेको भन्दै प्रशंसा गरिन्।  

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाले नेपाल पत्रकार महासंघ यूके शाखामा भएको एकता अतुलिनय भएको बताउँदै पत्रकारहरुको संस्थाबाट गैरआवासीय नेपाली संघ पाठ सिक्नु पर्ने बताए। उनले संघभित्र देखिएका समस्याहरुको उचित निकास निकाल्नु पर्नेमा जोड दिए।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ (एफएनजे) यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकारहरु नवीन पोखरेल र खेमराज रानाभाट पुरस्कृत भएका छन्।  

समारोहमा पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मान लगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो।  

कार्यक्रममा बेलायतमा विगत १० वर्ष देखि सक्रिय ४ वटा मिडियाहरुलाई सम्मान गरिएको थियो। महासंघले नेपालब्रिटन डट कम, एभरेस्ट टाइम्स, बिएफबिस गोर्खा रेडियोलाई सम्मान दिइएको थियो।  

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष नारायण कंडेल,  पत्रकारहरु खगेन्द्र नेपाली, सुमन खरेल, नविनसिंह खड्का, शाखाका पूर्वअध्यक्षहरु चिरन शर्मा, नरेश खपांगी मगर,  प्रेश युनियन यूकेको उपाध्यक्ष एभ्रेष्ट गौतम, फोनिज यूकेकी अध्यक्ष गोमा लामा, शिव भण्डारी लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो। 

प्रकाशित: २७ असार २०७९ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App