coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा उद्योग वाणिज्य संघः अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै वर्तमान उपाध्यक्ष अर्जुन पोखरेल। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्।

नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २५ र २६ गते पोखरामा हुँदैछ। अध्यक्षमा बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले पनि दाबी गर्दै आएका छन्। यद्यपी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् भने यसअघि उनी सदस्य, उपमहासचिव र महासचिव भएर काम गरिसकेका छन्। यसअघि उनी बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार बन्ने चर्चा थियो। तर आइतबार पत्रकार सम्मेलनमा उनले आफू अध्यक्षको उम्मेदवार भएको र यसबाट पछि नहट्ने बताए। ‘मैले यो बार्गेनिङका लागि उम्मेदवार घोषणा गरेको होईन। मलाई उद्योगी/व्यवसायी साथीहरुले पत्याएनन् भने बरु संघको नेतृत्वबाट बाहिरिन तयार छु तर अब अध्यक्षको उम्मेद्वारबाट ब्याक हुन्न,’ उनले भने।

अध्यक्षका उम्मेदवार पोखरेलले आफु प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको बताए। प्यानल बनाएर चुनाव लड्दा राजनीति हावी हुने भन्दै उनले भने, ‘संघमा राजनीति छिराउनु हुँदैन। चुनाव एक्लाएक्लै लड्ने हो। म त्यसकै पक्षमा छु।’

उम्मेदवार पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्दै केहि प्रतिबद्धता पनि व्यक्त गरेका छन्। संघको हरेक चुनावमा प्यानल बनाएर चुनाव लड्ने गरेका यसअघिका आकांक्षीहरुले झैं पोखरेललेपनि राजनीतिक पार्टीले झैँ चुनावी एजेण्डा र प्रतिबद्धता पत्र सार्वजनिक गरे। ‘मेरो ध्येय: समुन्नत संघ, सम्मानित व्यवसाय’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका उनले संघलाई पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरे। पोखरालाई आधुनिक र व्यवस्थित सहर बनाउने नेतृत्व लिएको पोखरा उद्योग वाणिज्य संघका अग्रज नेतृत्वले संघलाई समुदायसँग जोडेर अभियान चलाएपनि पछिल्लो क्रममा कमहुँदै गएकोप्रति खिन्नता प्रकट गर्दै उनले आगामी दिनमा आफूले संघलाई साझा घरको रुपमा विकास गर्ने बताए।

पोखरलले संघलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने, संघको भवन पुर्ननिर्माण गरी बहुतले भवन बनाएर त्यसलाई व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने बताए। उनले संघीयता आएपछि संघको भूमिका झनै बढ्नुपर्नेमा झन् कमजोर भएको टिप्पणी गर्दै आफू अध्यक्ष भएमा संघको भूमिका प्रभावकारी बनाउने बताए। उनले भने, ‘सरकार नागरिकबाट टाढा हुँदै गएकोमा सरकार र जनताबीचको दुरी घटाउन पुलको रुपमा संघले काम गर्ने बनाउँछु।’ उनले समृद्ध पोखरा निर्माणमापनि संघको भूमिका खोज्ने बताए।

पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सदैव लागिरहने प्रतिबद्धता जनाउँदै त्यसका लागि राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुरक्षा, नयाँ लगानी भिœयाउनका लागि प्रोत्साहन गर्न संघले भूमिका खेल्ने बताए। उनले संघप्रति व्यवसायीको आकर्षण जगाउन विभिन्न कार्यक्रम, मेला, दर्ता नवीकरण, सिफारिस, व्यवसाय कर संकलन, आवश्यक पैरवीलगायतका कार्यहरुलाई निरन्तरता दिने बताए। 

उनले आफू अध्यक्ष भए संघ अन्तर्गत रहनेगरी ‘व्यापार ईक्वेसन सेन्टर’ स्थापना गर्ने घोषणा गरे। जसले साना तथा मझौला उद्योग व्यवसाय र स्टार्टअप व्यवसायीलाई उनीहरुको व्यवसाय विकास र विस्तारमा सघाउने उनको भनाई छ। उनले उद्यमीहरुका लागि प्रारम्भिक चरणमै बिजनेस मेन्टरिङ सेवापनि प्रदान गर्ने बताए।

पोखरेलले लगानी सम्मेनललाईपनि आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका छन्। विदेशी लगानी भित्राउनका लागि प्रदेश सरकारसँगको समन्वयमा लगानी सम्मेलन आयोजना गर्ने उनको भनाई छ। उनले पर्यटन प्रवद्र्धनका लागि पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरालाई अन्र्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनापनि अघि सारेका छन्।

अध्यक्षका उम्मेदवार पोखरेलले आफ्नो कार्यकालमा संघसँग अन्य देशका चेम्बर अफ कमर्ससँग पनि त्रिपक्षीय सम्बन्ध स्थापना गर्ने, युवा उद्यमी मञ्च (एनवाईईएफ), लेखनाथ उद्योग वाणिज्य संघ, सिएनआई, नेपाल उद्योग वाणिज्य महासंघ, एफएनसिएसआईलगायतका संस्थाहरुसँग प्रभावकारी सहकार्य गर्ने उनले बताएका छन्।

प्रकाशित: २२ श्रावण २०७९ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App