९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

नवप्रवर्धनात्मक उद्योगलाई प्रवर्द्धन गर्न प्रविधि हस्तान्तरण

नवप्रवर्धनात्मक उद्योगीलाई प्रवर्द्धन गर्न कपिलवस्तुको तौलिहवामा प्रविधि हस्तान्तरण गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा ६ जना उद्योगीहरुलाई विभिन्न ६ प्रकारका प्रविधि हस्तान्तरण गरिएको हो।

८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रविधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो। जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रविधि हस्तान्तरण गरेका थिए।

सो अवसरमा पानी फिल्टर बनाउने मिम्चर मेशीन, भीग बेल्डीङ, पोलन ड्रयर मेशीन, एयर कम्प्रेशर मेशीन, दालमोट बनाउने मिक्चर मेशीन र अचार बनाउने मिक्चर मेशीनसहितको कम्प्युटर काटा र लेबल मेशीन हस्तान्तरण गरिएको थियो। सो अवसरमा वाटर फिल्टर मेशीन बनाउनका लागि मिक्चर पाएकी उद्यमी राधिका केसीले यसले आफूलाई काम गर्न हौसला मिलेको बताइन्।

उनले अब आफ्नो उद्योगमा झन डटेर लाग्ने बताइन्। पोलन ड्रयर पाएका माहुरी पालक अुर्जन पोख्रेलले उद्योगलाई प्रवर्द्धन गर्न घरेलु कार्यालयले नयाँ नयाँ प्रविधि हस्तान्तरण गरेर सराहनीय काम गरेको बताए। उनले यसले उद्योगीलाई प्रोत्साहित गरेको र आयआर्जनसहित रोजगारी समेत सृजन गर्ने बताए।

सो अवसरमा जिल्ला समन्वय अधिकारी भुमीराम पाख्रेलले घरेलु कार्यलयले नयाँ उद्योगीहरुलाई प्रोत्साहित गर्ने खालको कार्यक्रम ल्याएको बताए। उनले सो मेशीनरी औजारको सोही सदुयोग गरिनु पर्ने बताए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालले आफूहरुले नव उद्योगीहरुलाई प्रोत्साहित गर्न नै यो कार्यक्रम ल्याएको बताए।

रोजगारी र आयआर्जन बढाउने खालका कार्यालयहरु ल्याउनु पर्नेमा उनले जोड दिए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालको अध्यक्षता र बिनय पुडासैनीको सञ्चालनमा भएको कार्यक्रममा अधिकृत बिष्णु पोख्रेलल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए।

प्रकाशित: २९ असार २०७९ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App