coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा उद्योग वाणिज्य संघः पवन प्रजापती पनि अध्यक्षको उम्मेदवार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापतीले पनि उम्मेदवारी घोषणा गरेका छन्। 

संघका वर्तमान बरिष्ठ उपाध्यक्ष प्रजापतीले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि संघका वर्तमान उद्योग तर्फका उपाध्यक्ष अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापती यसअघि सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन्। १० वर्षअघि सदस्यकारुपमा संघमा प्रवेश गरेका प्रजापतीले बाँकी एक कार्यकाल अध्यक्ष भएर काम गर्ने भन्दै अध्यक्षका लागि मत मागेका छन्। प्रजापतीले आफूले प्यानल बनाएर केहि दिनमै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बताएका छन्। भदौ अन्तिम साता संघको अधिवेशन हुँदैछ।

प्रकाशित: २३ श्रावण २०७९ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App