२ मंसिर २०८१ आइतबार
image/svg+xml

दुईवर्ष पछि राष्ट्रिय औद्योगिक व्यापार मेला

कोरोनाको त्रासले छेकेको औद्योगिक व्यापार मेलालाई यही मंसिरको मध्यसातामा आयोजना गर्ने जमर्कोमा पोखरा उद्योग वाणिज्य संघ जुटेको छ।

'निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छ'

निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो। निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे।

खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या

बैंकले ऋण नदिँदा तथा तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको उनको भनाइ छ। उनका अनुसार दसैँयता सिमेन्ट प्रतिबोरामा रु ५० र छड प्रतिकेजी रु सातदेखि रु नौसम्म सस्तो भएको छ तरलता अभावकै कारण घर बनाउने घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाइ छ।

बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरविरुद्धको आन्दोलन रोक्न आग्रह गरेको छ।

इटहरीका उद्योगी–व्यवसायीले भने: बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ

उनीहरुले सडक आन्दोलनको सुरुवातको दिन बैक तथा वित्तिय संस्थामा कारोबार रोक्न पनि दबाब दिएका छन्।

धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग

व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।

चर्को व्याजविरुद्ध आन्दोलनको घोषणा

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले कात्तिक २२ गते देखि चर्को व्याजविरुद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार विज्ञप्ति मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

उद्योगीहरुद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला-नगर र वस्तुगत उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा विभिन्न राजधानीमा शुक्रबार प्रदर्शन गरी बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा २ प्रतिशत मात्र लिन पाइने व्यवस्था गर्न माग राखे।

उद्योग परिसंघ अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच भेटवार्ता

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च व्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पुँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताए।

नारायणी सामुदायिकले उवासंघ–चितवनका सदस्यलाई उपचारमा छुट दिने

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउंदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रतिआभार व्यक्त गरे।

कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट

पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ।

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ। २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत छ।

बैंकको ब्याज वृद्धिविरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्‍याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’

दोस्रो व्याचमा १७ उद्यमी छानिए

नविन सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

‘गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजार उपभोक्ता अधिकारको आधार’

प्रदेश १ सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हितका विभिन्न पक्षलाई औंल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्