ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी–व्यवसायीहरूले बुधबार इटहरीमा प्रदर्शन गरेका छन्। उनीहरुले सडक आन्दोलनको सुरुवातको दिन बैक तथा वित्तिय संस्थामा कारोबार रोक्न पनि दबाब दिएका छन्।
उद्योग वाणिज्य संघ इटहरीको भएको प्रदर्शनमा उनीहरुले प्रत्येक बैंक अगाडि पुगेर नाराबाजी गरे। उनीहरुले बैंक तथा वित्तीय संस्थामा नाराबाजीसँगै कारोबार रोक्न नाराबाजी गरेपछि बन्द गरेका थिए। उद्योगी–व्यवसायीले चक्र्रो नाराबाजी गरेपछि खुलेर कारोबार सुरु गरेका बंैक तथा वित्तिय संस्था नाराबाजीको समयमा बन्द गरिएको थियो।
मुलुकको उद्योग, व्यवसायलाई बचाउन तत्काल ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए। ‘हाम्रो आन्दोलन सुरु भएको छ। तत्काल माग पूरा नभए आन्दोलन थप सशक्त बन्नेछ,’ उनले भने।
बैंक तथा वित्तीय संस्थाहरूले स्वदेशी उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम गरेकाले बाध्य भएर आन्दोलन गर्नुपर्नेको उद्योग वाणिज्य संघ इटहरी कोषाध्यक्ष गायत्री भण्डारीले बताइन्।
उनीहरुले पुरानो ब्याजदर कायम गर, ब्याजदर चक्रो भो गरि खान गाह्रो भो, बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ, जस्ता माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए।
उद्योगी–व्यवसायीहरुले इटहरीको संगीत चोकबाट सुरु गरेको प्रदर्शन इटहरीको चारैतिर पुगेर अन्तिममा चौरास्त चोकमा कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनमा उद्योगी–व्यवसायीका विभिन्न पेशागत संघको समेत सहभागिता रहेको थियो।
प्रकाशित: २३ कार्तिक २०७९ ०८:०७ बुधबार