३ वैशाख २०८२ बुधबार
image/svg+xml १६:२५ अपराह्न
अर्थ

चर्को व्याजविरुद्ध आन्दोलनको घोषणा

बैंक तथा वित्तीय क्षेत्रले चर्को व्याज असुली गरेका कारण उद्योग व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आन्दोलन थाल्ने भएको छ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को कात्तिक १८ गते बसेको कार्यसमितिको बैठकले कात्तिक २२ गते देखि चर्को व्याजविरुद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार विज्ञप्ति मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।  

कात्तिक २२ गते प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला तथा नगरका वैंक तथा वित्तीय संस्थाहरूमा ज्ञापनपत्र दिने विज्ञप्तिमा उल्लेख छ। यस्तै कात्तिक २३ गते बैंकमा कुनै कारोबार नगर्ने, प्लेकार्डसहित मौन जुलुस गर्ने, कात्तिक २५ गते विराटनगर स्थित मुख्यमन्त्रिको कार्यालय र राष्ट्रबैंकको कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ।

कात्तिक २८ गते राष्ट्रबैंकको अव्यवहारिक नीतिविरुद्ध दवाब दिन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा भेला हुने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ कार्तिक २०७९ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App