१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७५ माघ ४ मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

ठेकेदारको स्वार्थका कारण दुनै बजार थप जोखिममा

नदी संरक्षणमा ल्याइएको कार्यक्रमले हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै थप जोखिममा पर्ने देखिएको छ। कमजोर प्राविधिक एस्टिमेट र मुख्य ठेकेदारको स्वार्थका कारण ‘दुनै बचाउ कार्यक्रम’ अस्तव्यस्त छ। भेरी नदीको उच्च जोखिम रोक्न भन्दै संरक्षणको लागि यो कार्यक्रम ल्याइएको थियो।

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।

खोला खन्न हानथाप

केही दिनअघि बबई गाउँपालिकाले ठेक्का लगाएका खोलाबाट जथाभाबी उत्खनन गरिरहेको अवस्थामा भेटिएका स्काभेटर र केही टिपरलाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लियो। स्काभेटर र ती टिपरधनीलाई अनुगमन समितिले कागज गराएर छोडिदियो। तर आफूले ठेक्का लगाएका खोलामा हस्तक्षेप गरेको भन्दै बबई गाउँपालिका जिल्ला अनुगमन समितिविरुद्ध खरो रुपमा उत्रियो। गाउँपालिकाले जिल्ला समन्वय समितिका संयोजक नेतृतवको अनुमगन समिति विकास निर्माणमा बाधक बनेको आरोप लगायो।

फोर–जी ठेक्का सम्झौता गर्न बाटो खुला

नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर–जी) विस्तार योजनाको ठेक्का सम्झौता गर्न बाटो खुलेको छ। संघीय संसदको अर्थ समितिले एक वर्षभित्र फोर–जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो।

अख्तियारको छानबिनपछि वार रुमको ठेक्का रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का रद्द भएको छ। सरकारले सिस्टम निर्माणको ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको थियो।

अस्तव्यस्त कर्णाली सरकार

चालू आर्थिक वर्षको सुरुमै कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार काम भएको भए अहिलेसम्म यहाँका १० वटै जिल्लामा धमाधम विकास निर्माणका गतिविधि भइरहेका हुन्थे। कार्ययोजनाअनुसार कात्तिक मसान्तभित्रै सबै मन्त्रालयले विकास बजेटमार्फत ठूला योजनाको बोलपत्र मूल्यांकन, स्वीकृत, ठेक्का सम्झौता र कार्यादेश स्वीकृत भइसक्थ्यो। चालू आर्थिक वर्षको छ महिना सम्पन्न हुँदा पनि प्रदेश सरकारको विकास बजेट खर्च एक प्रतिशत पुर्‍याउन सकेको छैन।

मेलम्ची ठेक्का तोड्न पत्राचार

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

सोलुखोला दूधकोसीको काम ठप्प

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ। थुलुङ दूधकोसी गाउँपालिका–३ पन्चनमा निर्माण भइरहेको जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको हो।

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

प्रधानमन्त्रीले संसद्लाई ढाँटे

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस) सँग प्रधानमन्त्री कार्यालयमा खरिद गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ का विषयमा झूटो अभिव्यक्ति दिएका हुन्। संसद्को आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले हुवावेसँग गरिएको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदको ठेक्का सम्झौता प्रतिस्पर्धाबाट भएको दाबी गरे।

मेलम्चीकै नियति भाेग्दै काभ्रे उपत्यका खानेपानी

चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यले थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण साढे पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन। यससँगै आयोजनासमेत महँगो बन्न पुगेको छ।

हुवावेलाई नै ठेक्का

नेपाल टेलिकमको चौथो पुस्ताको मेबाइल नेटवर्क (फोरजी/एलटिइ) को विस्तारका लागि चिनिया कम्पनी सिसिएसआइलाई दिने निर्णय गरिएको छ। फोरजी विस्तारको अनुभव नभएको कम्पनी सिसिएसआइलाई उच्च दवाबका कारण फोरजी विस्तारको जिम्मा दिइएको स्रोतले बतायो।

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

सरकारले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि अर्को ठेक्का खोल्ने तयारी गरेको छ।  यसअघि ठेकेदार ‘कोस्टल–पप्पु जेभी’ले सम्झौता गरे पनि तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै सरकारले कालो सूचीमा राखेर ठेक्का तोडेको थियो।

बिनाप्रतिस्पर्धाका ठेक्का सच्याउन माग

सरकारले सरकारी निकायहरुको सूचना प्रणाली आधुनिकीकरण गर्ने क्रममा स्मार्ट लाइसेन्स छपाइलगायत केही काम मन्त्रिपरिषद्बाट निर्णय गराई प्रचलित कानुनविपरीत बिनाप्रतिस्पर्धा ठेक्कामा दिएको र केही दिने तयारी गरेको विषयमा ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आपत्ति प्रकट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्