कोसी करिडोर बनाउन ठेक्का
कोसी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण हुने कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टर्बोलाई दिइएको छ।
कोसी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण हुने कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टर्बोलाई दिइएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायको लगानीमा सञ्चालन हुने ठूला परियोजनाको ठेक्कामा स्वदेशी निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गराएकोमा आपत्ति जनाएको छ।
गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीय कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी दुई कम्पनीलाई सार्वजनिक खरिद (ठेक्कापट्टा) मा रोक लगाएको हो।
समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दा पनि पूरा भएको छैन।
समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँहरू अहिले झिलीमिली भइसक्थे। ६ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत विस्तारको काम साढे तीन वर्षमा पनि पूरा भएको छैन्।
कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकार र सरकारी संयन्त्रकै कारण ९० प्रतिशत निर्माणमा ढिलाई हुने गरेको दाबी गरेका छन्। निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको शुक्रबार हेटौंडामा उद्घाटन गरे पछि बोल्दै उनले निर्माण व्यवसायीको ९० प्रतिशत दोष नहुँदा नहुँदै पनि बदनाम गराईएको भन्दै आक्रोश पोखे।
अन्य मुलुकमा सरकारले ठेक्का लगाएका सार्वजनिक निर्माण कार्य समयमा पूरा नगर्ने ठेकेदारमाथि कारबाही हुन्छ । हामीकहाँ ठेक्का लिएर पनि काम नगर्नेले थप जिम्मेवारी पाउँछन्।
पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्।
भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ। प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ। यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ।
सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो – कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होईन, मधेसकै जीवनपद्धती जोडिएको छ। २०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ठूला निर्माण कार्य सञ्चालन गर्दा ठूला व्यवसायीलाई प्याकेजमा ठेक्का दिने प्रचलन मौलाएको बताएका छन्। व्यवसायी र सरकारका कर्मचारीबीच यस्ता प्याकेजकका ठेक्का दिनको लागि सेटिङ हुने गरेको पाईएको उनले बताए।
सिँचाई योजनाको ठेक्का सम्वन्धी बिवरणको माग गर्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निवेदन परेको छ।
अघिल्लो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का भई काम अघि बढेका दुई हजार सडक आयोजना चालु आवमा अख्तियारीसहित बजेट निकासा नभएपछि अलपत्र परेका छन् ।सडक विभागले अर्थ मन्त्रालयको स्वीकृति लिएर काठमाडौं सहरी सडक, क्षेत्रीय तथा पर्यटकीय सडक र अन्य सहरी सडक शीर्षकमा दुई हजार सडकको बहुवर्षीय ठेक्का भई काम अघि बढाएका ती आयोजना अलपत्र परेका हुन् ।
पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्। गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले मिलेमतोमा बिनयिखोलाको ठेक्का दिन लागेको भन्दै स्थानीयले तोडफोड गरेका हुन्।