सरकारको जीतसँगै हारेको नैतिकता
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिपक्षको नाराबाजीका बीच पारित भयो। संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेका नागरिकले सरकार र सभामुखले कति ठीक ढंगमा काम गरे वा प्रतिपक्षले कति उचित काम गर्यो भनेर पक्कै विश्लेषण गरेका छन्। संसद्को प्रक्रिया र प्रतिपक्षको प्रस्तुतिका विषयमा पक्ष र विपक्षमा मतहरू अभिव्यक्त भइरहेकै छन्। सत्ता पक्ष समर्थकहरूलाई सभामुखको भूमिका अत्यन्त प्रभावकारी लागेको हुनसक्छ। सरकारको बलमिच्याइँ नभएको देख्ने सत्तापक्षीय स्वभावलाई अन्यथा मान्नुपर्ने कारण छैन।