४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं – सडक दुर्घटना नियन्त्रणका उपाय अपनाउनुपर्ने भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा सडक दुर्घटना भयावह किसिमले बढ्दै गएको उल्लेख गर्दै मंगलबार संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएकी हुन्।

सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३ देखि २०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेहिता तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन यो प्रस्तावमाथि छलफल गर्नुपर्ने उनले उल्लेख गरेकी छन्।

सीमित सडक सञ्जाल भएका बेला तर्जुमा गरेका कानुन अहिलेसम्म अद्यावधिक नगरेको तथा २६ वर्षअघि बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ का आधारमा नेपालको यातायात व्यवस्था चलेको प्रस्तावमा उल्लेख छ। पछिल्लो पाँच वर्षमा दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको तथ्यांक पनि प्रस्तावमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ पुस २०७५ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App