९ मंसिर २०८१ आइतबार
image/svg+xml

महँगीको मारमा सर्वसाधारण

अनुगमन भइरहने हो भने आफूखुसी मूल्य बढाउने अवस्था आउँदैन। यहाँ मौज्दात सामग्रीमा जथाभावी मूल्य बढाउँदा सर्वसाधारणको ढाड सेकिने स्थिति उत्पन्न भएको छ।

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।

उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल

भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ।

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।

सरकारको नीति नसच्चिएसम्म आन्दोलन : उपाध्यक्ष साखः

चालू आर्थिक वर्षको बजेटबाट विलेट बनाउन प्रयोग हुने स्पन्ज आइरन (कच्चा पदार्थ) को आयातमा भन्सार नलाग्ने र अन्तःशुल्क पनि नलाग्ने व्यवस्था गरेको छ।

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको हस्तक्षेप : अध्ययन

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामै कमजोर रहेको देखिएको छ।

‘स्पन्ज आइरनमा भन्सार हटाउने निर्णय फिर्ता गर’

विदेशबाट प्राइम बिलेट ल्याएरडण्डी उत्पादन गर्दै आएका उद्योगीहरूले स्पन्ज आइरनको भन्सारशुल्क शून्यमा झार्ने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्। सरकारले स्पन्ज आइरन प्रयोग गर्ने स्टिल उद्योगलाई मात्र लाभ हुने गरी भन्सारशुल्क शून्यमा झार्ने निर्णय गरेको आरोप उनीहरूले लगाएका छन्।

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग

उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरे।

बजेटमा पूर्वका उद्योगी: राम्रो भए पनि कार्यन्वयनमा शंका

अर्थसचिव शिशिरकुमार ढुंगानाले सरकारले बजेट कार्यान्वयनको लागि गत जेठ १७ गतेदेखि नै काम सुरु गरेको बताउँदै पाँच अर्बभन्दा माथिका आयोजनाको बजेट कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउन लागेको दाबी गरे।

पूर्वका उद्योगीकाे टिप्पणीः बजेट कार्यान्वयनमा आशंका

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९को बजेट समग्र रुपमा राम्रो भए पनि कार्यान्वयन हुनेमा पूर्वका उद्योगी व्यवसायीले आशंका व्यक्त गरेका छन् । सरकारले सबैलाई रिझाउने गरी बजेट प्रस्तुत गरे पनि विगतमा जस्तै कार्यान्वयन नहुने हो की भन्ने आशंका पूर्वका उद्योगी व्यवसायीको छ ।

किराना पसल साविक बमोजिम खोल्न पाउनुपर्ने माग

किराना व्यवसायीहरुले साविक बमोजिम नै पसल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोभिड १९ महामारीको संक्रमणलाई घटाउन र जारी निषेधाज्ञालाई कडाइ गर्नका लागि किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय भएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै साविक अनुसार सञ्चालनको माग गरेका हुन्।

लगानीमैत्री कानुन बनाउन निजी क्षेत्रको माग

नीतिगत समस्याका कारण मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पुराना कानुन परिवर्तन गरेर निजी क्षेत्रमैत्री नयाँ कानुन बनाउन आग्रह गरे ।

नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।

ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो

ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।

‘प्रहरीकै सेटिङ’मा अवैध क्रसर निर्वाध सञ्चालन

हाम्रो निर्माण सेवा, भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्