coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल

भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ। संघले एक कार्यक्रमबीच दुई देशका राजदूतहरुलाई भक्तपुरमा स्वागत गरी यसबारे छललफ गरेको हो। थाईल्याण्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत गरी भक्तपुर जिल्लाको आर्थिक विकासमा थाईल्याण्ड र श्रीलंकाका छलफल भएको हो।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको हकहितको रक्षाका साथ साथै उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघले थाईल्याण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने कुरा बताए। श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्शसित भ्रातृत्व सम्बन्ध विकासका लागि गर्नु पहल र सहयोगका लागि धन्यबाद ज्ञापन गरे। थाईल्याण्डका उद्योग वाणिज्य संघहरुसित सम्बन्ध स्थापित गर्न सहयोगका लागि पनि थाईल्याण्डका राजदूतलाई अनुरोध गरे।

कार्यक्रममा थाईल्याण्डका राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताए। उनले भक्तपुर उद्योग वाणिज्य संघको न्यानो आतिथ्यताको लागि हार्दिक आभार व्यक्त गरे।

त्यस्तै श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको कुरा सुनाउँदै श्रीलंका र नेपाल दुबै पर्यटन उद्योगमा केन्द्रित मूलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताइन्। उनले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पुर्‍याउने विश्वास दिलाइन्।

संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्योग व्यवसाय क्षेत्रको विकासका लागि सहकार्य आवश्यक भएको बताइन्। कार्यक्रममा संघका सल्लाहकार, कार्यसमिति सदस्य एवं बिभिन्न बस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो। छलफलपछि दुई राजदूतहरुलाई भक्तपुरका विभिन्न सम्पदाहरुको अवलोकन भ्रमण गराइएको थियो।

प्रकाशित: १२ पुस २०७८ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App