३ कार्तिक २०८१ शनिबार
image/svg+xml

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो। झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्।

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ। तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ।

बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने?

भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ। घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ।

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगीकाे प्रकोपबाट मृत्यु बढ्दै

बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेंगीको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन्।

कैलालीका बाढी प्रभावित सडकमा

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्।

वर्षाले सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत शुक्रबार एनआरएनए एकेडेमी र एपिएफ क्लबबीचको खेल वर्षाका कारण नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ।

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो।

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ।

टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित

‘कोभिड १९को कारणले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै सुरुङ खन्ने टिबिएम मेसिन भित्राउन सकेनन,’ उनले भने-‘हालसालै सुरुङ खन्ने टिबिएम भित्रिएर अहिले मेसिन जडानको काम भइरहेको छ। सम्भवत् साउन र भदौं महिनाभित्रै मेसिन जडान गर्ने गरिसक्ने लक्ष्य राखेका छौं।’

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।

मनसुनबाट ५१ हजार बढी प्रभावित हुने आकलन

कर्णाली प्रदेश वर्षेनि बाढी र पहिरोबाट आक्रान्त बन्ने गरेको छ। मुख्य गरी वर्षाको समयमा पहिरो र बाढीका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ भने धनजनमा ठूलो क्षति पुग्ने गरेको छ।

फोहोर विसर्जनमा फेरि अवरोध

बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।

पश्चिम तराईमा तातो हावा

बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्