१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिम तराईमा तातो हावा

बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।

दैनिक एकदेखि दुई घन्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। दिउँसो १२ बजेदेखि दुई बजेसम्म तातो हावा चल्न थालेको छ। तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ। शुक्रबार सबैभन्दा बढी भैरहवामा सबैभन्दा बढी तापक्रम थियो।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्यो। भैरहवामा पनि तातो हावा चलेको थियो। नेपालगन्जमा ३९ डिग्री सेल्सियस तापक्रम पुग्यो भने घोराहीमा ३६.३ पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए।

उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ। नेपालगन्ज सहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले बताए।

‘तातो हावा सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई लु भनेर घोषणा गरिएको छैन।’ दैनिक चारपाँच घन्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ। उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घन्टासम्म तातो हावा चल्ने गर्छ। उनका अनुसार अझै तीनचार दिनसम्म गर्मी बढ्न सक्छ। त्यसपछि केही बादल लाग्ने उनले जनाएका छन्।

पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनुपर्ने उनी बताउँछन्। ‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरू बेला घर बाहिर निस्किनु हुँदैन। निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ।’ ‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ।’

प्रकाशित: ४ वैशाख २०७९ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App