२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ।

भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु. चार करोड रकम स्वीकृत गरेको हो। पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु. चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु. सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए।

प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो। मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७८ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App