५ आश्विन २०८१ शनिबार
image/svg+xml

भूकम्प पीडितका लागि जुम्लाका तीन स्थानीय तहद्वारा १६ लाख सहयोग

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

भूकम्प प्रभावितलाई सहयोग गर्न परिसंघको आह्वान

शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ।

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

देश पीडामा, विपद् प्राधिकरण प्रमुख भने जापानमा

देश भूकम्पको पीडामा छ तर, विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको सरकारी निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने विदेश भ्रमणमा छन्।

सुस्त सरकार, पुर्नस्थापनामा प्रशस्त आशंका

एक महिना अगाडि बझाङ र गत वर्ष डोटीमा गएको भूकम्पबाट सयौं घरमा क्षति पुगेको छ । ती घरको पुनर्निर्माण प्रक्रिया सरकारले अझै अघि बढाउन सकेको छैन।

‘भूकम्पले वंश नै नास्यो’

‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्‍यो।’

सँगै सुतेका ३ दिदीबहिनी बिते, भाग्यले बाँचिन् ईशा

ईसासँगै सुतेका दिदी बहिनी(सानी आमा र ठुली आमाकी छोरी) मेरिना आरसी, उर्जा सिंह र उपास्ना सिंहको घरले च्यापिएर मृत्यु भयो।

भूकम्पबाट बाँचिन् नविता, तर सँगै सुतेका छोरा गुमाइन्

सानीभेरी गाउँपालिका–४ रुकुम (पश्चिम) की नविता खड्काले आफू र ४ महिने सानो छोराको ज्यान त जोगाइन्, तर सँगै एउटै बेडमा सुतेका ठुलो छोरा निर्जल चन्दलाई सदाका लागि गुमाइन्।

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको छ।सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

जाजरकोटको रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो १२ः३१ बजे जाजरकोट रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प गएको जानकारी दिएको छ।

गण्डकी प्रदेशको भूकम्पपीडितका लागि एककरोड सहयोग

शनिबार नै औषधी सहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पठाएको गण्डकी प्रदेश सरकारले पीडितका लागि एककरोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्