५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पबाट बाँचिन् नविता, तर सँगै सुतेका छोरा गुमाइन्

भूकम्पमा ठुलो छोरा गुमाएकी सानीभेरी–४ रुकुम(पश्चिम)की नविता खड्का। तस्बिर: अर्जुन ओली/नागरिक

सानीभेरी गाउँपालिका–४ रुकुम (पश्चिम) की नविता खड्काले आफू र ४ महिने सानो छोराको ज्यान त जोगाइन्, तर सँगै एउटै बेडमा सुतेका ठुलो छोरा निर्जल चन्दलाई सदाका लागि गुमाइन्।

एकातिर आफ्नो शरीरको दुखाई, अर्कोतिर छोरो गुमाउनु पर्दाको पीडाले उनलाई अहिले सताइरहेको छ। ‘भूकम्प आएर घरभित्र च्यापिँदा म त मर्छु होला भन्ने सोचेको थिएँ, सानो बाबु रोइरहेको थियो, म कराइरहेकी थिए,’ उनले भनिन्, ‘आवाज सुनेर सुरुमा मलाई र सानो बाबुलाई निकाल्नु भयो, ठुलो बाबु त रुनै नपाएर बित्यो।’ 

उनको सानो छोराको टाउको र ढाडमा चोट छ, भने वनिताको हात र छातीमा चोट लागेको छ। श्रीमान् त्यस दिन घर बाहिर गएकाले भोलीपल्ट बिहान मात्र आइपुगेको बताइन्। आफू र सानो छोरालाई सुरुमा स्थानीय स्वास्थ्य चौकीमा लगेर उपचार गरेको र त्यसपछि रुकुम सल्ले हुँदै हेलिकप्टरमार्फत नेपालगन्जको भेरी अस्पतालमा ल्याएको उनले सुनाइन्।

भेरी अस्पतालले छुट्टाएको ‘विपल वार्ड’ मा यस्ता थुप्रै घाइते भर्ना भएका छन्। भेरी अस्पतालमा शनिवारदेखि आमा र छोराको उपचार चलिरहेको छ। अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाका अनुसार उनीहरु दुबै अहिले खतरामुक्त छन्।

प्रकाशित: १९ कार्तिक २०८० ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App