२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्प पीडितका लागि जुम्लाका तीन स्थानीय तहद्वारा १६ लाख सहयोग

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।  

जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख, सिंजा गाउँपालिकाले  १ लाख र पातारासी गाउँपालिकाले ५ लाख रुपैयॉ सहयोग गर्ने निर्णय गरेका हुन्। भूकम्पपछि भत्किएका संरचनाको पुनर्निर्माण, पीडितको राहत उद्धार तथा पुर्नस्थापनाका लागि जुम्लाका तीन गाउँपालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताइएको छ।

नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमै सहयोग रकम जम्मा गर्ने सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन्। उनले भूकम्पले छिमेकी जिल्लाहरु पीडामा रहेको बेला खाद्यान्न, औषधि उपचार अभावलाई सहयोग पुगोस् भनेर सहयोग गर्ने निर्णय गरेको बताइन्।  

जुम्लाका ८ वटै स्थानीयले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।  

प्रकाशित: २० कार्तिक २०८० ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App