१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने

सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई तत्काल दुई लाख दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

प्रकाशित: १९ कार्तिक २०८० ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App