५ आश्विन २०८१ शनिबार
image/svg+xml

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

जाजरकोटमा बन्न थाल्यो अस्थायी आवास

भूकम्पले थला परेको जाजरकोटमा धमाधम अस्थायी आवास बन्न थालेका छन्। सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थायी आवास बनाउन थालिएको हो।

आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।

भवन क्षतिग्रस्त भएपछि खुला चौरमा स्वास्थ्य सेवा

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ।

बाँकेमा उपचाररत सबै घाइते खतरामुक्त

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित

नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित भएको छ। जाजरकोट भूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए।

रुकुम पश्चिममा सकियो उद्धारको काम, राष्ट्रिय झण्डा आधा झुकाइयो

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ।

भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।

खुला आकाशमुनि रात बिताउँदा...

शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन।

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्