५ आश्विन २०८१ शनिबार
image/svg+xml

जाजरकोटमा आजबाट राहत वितरणको काम सुरु

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।

क्षणभरमै गाउँ खण्डहर

‘भूकम्पले आमासँगै १३ र तीन वर्षका बहिनीहरू च्यापिएका थिए,’ सुरजले भने, ‘रातभरि एक्लै ढुंगा पन्छाएर उद्धार गरें ।’

पश्चिम नेपाललाई चेतावनी

बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रोकिएला राष्ट्रपतिको फ्रान्स भ्रमण ?

मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ।

१५७ को मृत्यु, मझौलो भूकम्प तर भयानक क्षति

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।

सबै ध्यान राहत र उद्धारमा केन्द्रित गर

क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्नेछ । त्यति मात्र हैन, भूकम्पकै कारण हजारौँ घर भत्केका छन् भने घाइतेहरूलाई स्वास्थ्य संस्था लैजाने र उपचार गराउने क्रम पनि जारी छ ।

रास्वपाको आग्रह, ‘जाजरकोट र रुकुम पश्चिम फर्किन चाहनु हुन्छ भने सम्पर्क गर्नुस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई आफ्नो जिल्ला फर्किनका लागि निः शुल्क बसको व्यवस्था मिलाइदिएको छ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भूकम्पका घाइते काठमाडौँ ल्याइने भएपछि ट्रमा र वीर स्ट्यान्डबाई

जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ।

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’: घर्ती

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उद्धार कार्य सकेको बताएका छन्।

रुकुमबाट ल्याइएका सात घाइते त्रिवि शिक्षण अस्पतालमा भर्ना

नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्