१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोटमा आजबाट राहत वितरणको काम सुरु

भूकम्प प्रभावित जाजरकोटमा आजदेखि राहत विवतरणको काम सुरु हुँदैछ। शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्रभावित बनेकाहरूलाई आजबाट राहत वितरणको काम सुरु गर्न लागिएको हो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।  

उनले शुक्रवार रातिदेखि नै उद्धारको कार्य जारी रहेको हुँदा शनिवार अबेरसम्म उद्धार कार्य सकिएको भन्दै आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।  

उनले भूकम्पका कारण करोडौँको क्षति भएको र हजारभन्दा बढी घरपरिवार प्रभावित भएका कारण आजबाट उनीहरूलाई तत्काल बस्न, खानपान, स्वास्थ्य लगायतको राहत उपलब्ध गराउने तयारी रहेको पनि बताए।  उनले राहत वितरणको काम एकद्वार प्रणालीबाट गर्नेगरी तयारी भएको पनि जानकारी दिए।

शुक्रवार राति गएको भूकम्पका कारण सबैभन्दा जाजरकोटमा क्षति भएको छ। जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App