६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

सशस्त्र प्रहरी केन्द्रीय सूचना शाखाले उपलब्ध गराएको पछिल्लो मानवीय क्षति विवरणअनुसार जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ भने १०५जना घाइते भएका छन्। यस्तै पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ भने  ८५ जना घाइते भएका छन्।

भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र रोल्पामा १ जना घाइते भएका छन्। 

घाइतेहरूको उद्धार कार्य अहिले पनि जारी छ । उद्धार गरिएका घाइतेहरूको भेरी अस्पताल र सुर्खेतलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: १८ कार्तिक २०८० ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App