१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ। आइतबारको गाउँकार्यपालिकाको निर्णय अनुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए।

“दुई जिल्लाका भूकम्पपीडितलाई एकएक लाख रुपैयाँ सहयोग गरेका छौं”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो।”

दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उनले बताए।

“यो एउटा दुःखद् अवस्था हो”, अध्यक्ष राईले भने, “यसको सबै मिलेर सामना गर्न आवश्यक छ। हामीले पनि केही राहत पुगोस् भन्नका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छौं।”

शुक्रबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित: १९ कार्तिक २०८० ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App