२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले साना ठुला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प भएको जानकारी दिएका हुन।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा परकम्पका ठुला झडकाहरु गएका थिए।  

केन्द्रका अनुसार शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३  म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।  

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

प्रकाशित: १९ कार्तिक २०८० ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App