९ मंसिर २०८१ आइतबार
image/svg+xml

बलपूर्वक भत्काइयो भवन, व्यवसायी कुट्ने पक्राउ

सिरहाको लहान नगरपालिका–५ नयाँ बजार स्थित व्यावसायिक भवन भत्काउने क्रममा व्यवसायीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, सन्तोष पण्डित, लक्ष्मी पासवान र इसराइल सिद्धिकी छन्।

बजार अनुगमनमा ६ टोली परिचालन

चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुमगन सुरु गरेको छ।

सौर्य ऊर्जाबाट व्यावसायिक विद्युत् उत्पादन

आयोजना डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रेजेक्टस नेपाल कम्पनीले गरेको छ।

पञ्चवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना सार्वजनिक गर्दै

कोभिड–१९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोडदिइरहेको सन्दर्भमा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र सञ्चालन हुनेछ।

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

अफगानिस्तानको विमानस्थलमा अमेरिकाले चलायो गोली, व्यावसायिक उडान स्थगित

सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ। फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ।

एन्फाको सोरुम दरबारमार्गमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। प

प्रधानमन्त्रीलाई राष्ट्रिय व्यावसायिक पहलको शुभकामना

भेटमा उनले संस्थाले गर्दै आएका पहलबारे प्रधानमन्त्रीलाई जानकारी दिए। सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन जोशीले आग्रह गरे।

लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ।

बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सुरु

काठमाडौँको किंग्स कलेजले व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्र सुरु गरेको छ। कलेजले बबरमहलमा बनाएको नयाँ भवनमा सो केन्द्र सुरु गरेको हो।

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक कागती खेती सुरु गरेका हुन्।

व्यावसायिक गन्तव्य खोज्दै मिथिला लोकचित्र

ग्रामीण क्षेत्रमा परम्परागत रूपमा महिलाकै हातबाट घर, टाट (पर्खाल)मा समयानुकूल चित्र बनाइन्थ्यो, त्यो चित्र के हो भनी बनाउनेलाई पनि थाहा थिएन। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै सामग्रीबाट लेप तयार गरी विभिन्न स्वरूपमा उतार्थे।

व्यावसायिकतातर्फ महिला फुटबल

महिला लिगले व्यासायिकताको संकेत गरे पनि आगामी संस्करणको राष्ट्रिय महिला लिगको संरचना कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। राष्ट्रिय महिला लिगकी संयोजक पेमाडोल्मा लामाले आगामी संस्करणको महिला लिग कुन संरचनामा गर्ने र सहभागी टोलीको टुङ्गो कुन आधारमा निर्धारण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताइन्।

सुक्न थाले सुन्तलाका बोट

पछिल्ला केही वर्षयता बारीमा फल्नै लागेका सुन्तलाका बोट सुक्न थालेको बताउँदै लखुडाका किसान शेरबहादुर धामीले भने, ‘पुराना बोटहरू सबै सुकिसके, नयाँ पनि फस्टाएका छैनन्।’ बछैन, मान्नाकापडी, घाङल, लानाकेदारेश्वर र गडसेराका किसानले सुन्तलाका बोट सुक्न थालेको बताउँदै बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्