२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सौर्य ऊर्जाबाट व्यावसायिक विद्युत् उत्पादन

सौर्य ऊर्जाबाट रौतहटमा पहिलोपटक व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ। अपि पावर लिमिटेडले सञ्चालनमा ल्याएको सौर्य विद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको र ३३ केभि प्रसारण लाइनमार्फत चन्द्रपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिइसकेको आयोजनाले जनाएको छ। आयोजनाको क्षमता चार मेगावाट रहेको बताइएको छ।  

आयोजना डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रेजेक्टस नेपाल कम्पनीले गरेको छ। अपि पावर कम्पनी लिमिटेडको यस आयोजनाले मासिक पाँच लाख युनिटसम्म विद्युत् उत्पादन हुने कुशल प्रोजेक्ट नेपालका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले जानकारी दिए। जिल्लाको चन्द्रपुर ५ मा १२ बिगाहा क्षेत्रफलमा चार सय वाटका ११ हजार एक सय १२ वटा सौर्य प्यानल जडान गरी आयोजनाले चार मेगावाट विद्युत् सौर्य शक्तिबाट उत्पादन सुरु गरिसकेको छ।  

आयोजनाबाट उत्पादित विद्युत् २५ वर्षसम्म नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ। प्रति युनिट सात रूपैयाँ ३० पैसाको दरले प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ।  

जलविद्युत् आयोजना निर्माण गरी बिजुली उत्पादन गरिने सम्भावना कम रहेको प्रदेश २ मा सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको सम्भावना धेरै रहेको छ। अबको विकल्प सौर्य ऊर्जा भएकोले यतातिर स्थानीयको पनि ध्यान जान सकिने विश्वास जिल्लावासीको छ। सौर्य ऊर्जाबाट विद्युत् उत्पादन सुरु भएपछि अब बिजुली लाइन जाने समस्या केही कम हुने स्थानीयको भनाइ छ।

प्रकाशित: १ आश्विन २०७८ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App