१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सुरु

काठमाडौँको किंग्स कलेजले व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्र सुरु गरेको छ। कलेजले बबरमहलमा बनाएको नयाँ भवनमा सो केन्द्र सुरु गरेको हो।

नेपाल मेडिकल एसोसिएसन र नर्सिङ एसोसिएसन अफ नेपालको समन्वयमा केन्द्र सञ्चालन गरिएको कलेजले जनाएको छ। केन्द्रको व्यवस्थापन, आवश्यक सामग्री आपूर्तिलगायतको जिम्मा किंग्स क्लब र किंग्स कलेजको करुणा फाउण्डेशन नेपाल र अडरा समूहको साझेदारीमा हुने जनाइएको छ।

कलेजका अध्यक्ष नरोत्तम अर्यालले अहिलेको जोखिमको समयमा पनि नर्सहरुले दिनको १८ देखि २४ घन्टासम्म काम गर्नुपरेको बताउँदै ती नर्सहरुको सुविधाका लागि केन्द्र बनाएको जानकारी दिए।  

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईले कोभिड १९ संक्रमितहरुको सेवामा खटिएका नर्सहरु पनि जोखिममा रहेको बताउँदै केन्द्रको स्थापनाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइन्।  

सो केन्द्रमा सुरुमा २५ जना नर्सहरुका लागि बेडको व्यवस्था गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App