४ वैशाख २०८१ मंगलबार
खेल

एन्फाको सोरुम दरबारमार्गमा

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रायोजक संस्था केटिएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। पहिलो पटक खुला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटिएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टोलीको जर्सी र खेलसामग्रीको आधिकारिक प्रायोजन गर्ने सम्झौता गरेको थियो। सम्झौतापश्चात् केटिएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो।

उद्घाटनपछि एन्फा अध्यक्ष शेर्पाले केटिएम सिटीसँगको सहकार्यले फुटबलको व्यावसायिक हिसाबमा अगाडि बढ्ने बताए। केटिएम सिटीका प्रबन्ध निर्देशक निमानोर्बु लामाले नेपाली ब्रान्ड राष्ट्रिय फुटबल टोलीको मुख्य प्रायोजक बन्न पाउनु र सोरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। केटिएम सिटीले राष्ट्रिय फुटबल टोलीको स्पोर्ट्स किट्सका अलावा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरू मनाङ  मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकका रूपमा सहकार्य गरिसकेको छ। 

प्रकाशित: ३२ श्रावण २०७८ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App