११ मंसिर २०८१ मंगलबार
image/svg+xml

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा उठाइनेः काठमाडौँ महानगरपालिका

फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ।

तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानमा सक्रिय भएको उनको भनाइ छ। उनले भने, ‘हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ। यसले योगदान गर्न सक्छ। आखिरमा गएर माटोमा नै विलय हुने हो।’ उनको बुझाइमा माटोमा विलय हुनुअघि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिंदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ।’

किसानलाई हेप्नाको परिणाम

किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।

भोकमरीबाट बच्न वैकल्पिक खेती

रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ।

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्।

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ।

किसानलाई मल पहिलो प्राथमिकताः नवनियुक्त कृषिमन्त्री यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

एक सय २८ कृषकलाई कृषि उपकरण

ब्यवसायिक कृषि खेतीलाई प्रवर्द्धन गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १ सय २८ कृषकलाई कृषि उपकरण उपलब्ध गराएको छ।

मल नदिने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन्।

रोपाइँमा नेताको नौटंकी

दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

मल अभाव हुनुमा ठेकेदार र ठेक्का प्राणालीमा समस्याः मन्त्री यादव

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेकेदारहरुको लापरवाहीले गर्दा समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको बताएका छन्।

नारामा अल्झिएको धान दिवस

धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्नेमात्र होइन। धान रोपेदेखि भित्र्याउने दिनसम्मको कर्मका रूपमा लिनुपर्छ यो दिवसलाई।

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्