१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा उठाइनेः काठमाडौँ महानगरपालिका

आइतबार र बुधबार कुहिने, सोमबार र शुक्रबार नकुहिने

फाइल तस्बिर।

काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई फरक दिनमा संकलन गर्ने भएको छ। फोहोर उत्पादकका नाममा वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ।

उक्त सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ। यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न भनिएको छ।

वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा जारी गरेको सूचना।

त्यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ। ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ। उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने विभागको भनाइ छ।  

प्रकाशित: ३२ असार २०७९ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App