नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।
सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्याउनु भएको बताए।
उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए। उनले भने, ‘प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ। कृषकहरुले पाइराखेका छैनन्। त्यसैको लागि सबभन्दा पहिला मलखाद कसरी किसानहरुमा पुर्याउने सबभन्दा पहिला त्यही कुरा हो। विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्याउने हुन्छ।’
प्रकाशित: २० असार २०७९ १३:२४ सोमबार