७ वैशाख २०८१ शुक्रबार
राजनीति

मल अभाव हुनुमा ठेकेदार र ठेक्का प्राणालीमा समस्याः मन्त्री यादव

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेकेदारहरुको लापरवाहीले गर्दा समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको बताएका छन्।

बुधबार १९ औं राष्ट्रिय धान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएको र मल आपूर्तिको ठेक्का पाएका ठेकेदारले लापरवाही गर्दा समयमै मलखाद उपलब्ध गराउन नसकेको बताएका हुन्।

खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री यादवले मल आपूर्तिको ठेक्का दिँदा पनि ठेकेदारले जिम्मेवारी लिएर काम नगर्दा अभाव सिर्जना भएको बताए। उनले मलको ठेक्का दिने प्रणाली पनि प्रभावकारी नभएको उल्लेख गरेका थिए।

साथै मन्त्री यादवले ठेकेदारको लापरवाही, ठेक्का प्रणालीमा देखिएका समस्याले गर्दा अबका वर्षमा मल आपूर्तिमा नीजि क्षेत्रलाई सहभागी गराउने की नगाराउने भन्ने बिषयमा विचार गर्नुपर्ने बताए।

प्रकाशित: १५ असार २०७९ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App