५ आश्विन २०८१ शनिबार
image/svg+xml

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

जाजरकोट भूकम्प :नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा

जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

घाइतेलाई भेट्न जाजरकोट जिल्ला अस्पताल पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्।

जाजरकोटबाट ल्याइएका घाइतेहरूलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाँदै

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ ।

तस्बिरमा हेर्नुस जाजरकोट भूकम्पको क्षती (फोटोफिचर)

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।

प्रधानमन्त्री दाहाल जाजरकोट: सिडियोसँग विवरण लिएर स्थलगत घुम्ने तयारी

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा अहिले नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका छन्।

यसरी गएको थियो जाजरकोटमा भूकम्पको लगातार ४ झटका

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९,१२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।

जाजरकोट भूकम्पमा मृतकको संख्या ७३ पुग्यो

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन्।

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिका बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच बिहीबार सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ।

आगजनीबाट दैलेख र जाजरकोटमा दुई जनाको मृत्यु

दैलेखमा भएको घटनापछि जाजरकोटमा पनि आगो नियन्त्रणका लागि पुगेका वन समितिका अध्यक्षको मृत्यु भएको छ।

जाजरकोटमा आगो निभाउन पुगेका समितिका अध्यक्षको मृत्यु

जाजरकोटमा आगो निभाउने पुगेका एक जनाको जलेर मृत्यु भएको छ। भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्