२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पमा मृतकको संख्या ७३ पुग्यो

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन्।

‘शनिबार विहान छ बजेसम्मको तथ्याङ्क अनुसार ७३ जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको जानकारीमा छ,’ उनले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ।’

प्रहरीका अनुसार जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ। प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App