१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगजनीबाट दैलेख र जाजरकोटमा दुई जनाको मृत्यु

आगजनीबाट घाईते भएकाहरुलाई हेलिकप्टरमा उपचारका लागि लैजादै।

गर्मीयाम सुरु भएसंगै आगजनीका घटनाहरु बढ्दो छ। आगजनी न्यूनिकरणमा पुगेहरु जलेर मृत्यु हुने क्रम दिनानु दिन बढिरहेको छ।

दैलेखमा भएको घटनापछि जाजरकोटमा पनि आगो नियन्त्रणका लागि पुगेका वन समितिका अध्यक्षको मृत्यु भएको छ। दुई दिनमा दैलेख जाजरकोटमा दुई जनाको मृत्यु र ९ जना घाईते भएका हुन्।

भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजिते कार्कीको जलेर मृत्यु भएको छ। बिहिवार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजिते कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नवीन चुदालीले बताए। यसअघि उपचारको क्रममा दैलेखको आठविस नगरपालिका –६ सिगांसैनका अन्दाजी ३६ बर्षिय भैरव विकको बुधवार राती नेपालगंजमा मृत्यु भएको थियो। 

प्रकाशित: २९ वैशाख २०८० ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App