९ असार २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प :नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा

जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको  उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा घाइतेहरुको उद्वारमा कठिनाई भएको बताइएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) भिम ढकालले घाइतेको उद्वार चलिरहेको बताए।उद्वारमा हेलिकप्टर परिचालन गरिएको उनले बताए । नेपालगन्ज बिमानस्थल कार्यालयका अनुसार चिकित्सक बोकेर रुकुमको सल्ले बिमानस्थल अवतरण गरेर त्यहाँबाट घाइतेलाई नेपालगन्ज ल्याउने तयारी भैरहेको छ।यस्तै हेलिकप्टरबाट पनि घाइतेलाई नेपालगन्ज ल्याइदैछ।

प्रकाशित: १८ कार्तिक २०८० ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App