१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिका बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच बिहीबार सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नगरपालिकाले आफ्नोक्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ। सिफारिस गरिएका उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गतको कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App