२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।

ओलीको कटाक्षः रुखका पात जम्मा गरी अलिअलि डोकामा हालेर उफ्रिने?

‘अस्तिको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन। १०–१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा। अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्‍यौँ भन्दै उफ्रेका छन्। न आफ्नो विरुवा छ न त केही छ।’

बीमा कार्यक्रम सबै अस्पतालमा सुचारु गर्न एमालेको माग

‘बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ।’

कम्युनिष्ट पार्टी जुटे समाजवाद आउँछ: सुरेन्द्र पाण्डे

'अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो,' उनले भने, ' लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ।'

आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्लै जान तयार छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका छन्।

एमालेले भन्यो: देउवा सरकारको एक वर्ष विचौलिया र कालोबजारीको कब्जामा

पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेले सरकार छाडेको एक वर्षमा कुशासनले सीमा नाघेसँगै राज्य विचौलियाको कब्जामा गएको र उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो।

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला गरियो: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्।

गठबन्धन छोडेर आउनुस्, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं: ओली

‘नेपालमा बामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु। चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ? खै, वामपन्थी पार्टी? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु वामपन्थी? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊ। एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं।’

एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।

बिमल मृत्यु प्रकरण: सत्यतथ्य तत्काल सार्वजनिक गर्न प्रशासनलाई दबाव

‘के प्रहरीबाट बिमलको हत्यारा पत्ता नलाग्ने हो त?’ संयुक्त प्रेश विज्ञप्तिमा जनवर्गीय संगठनहरुले प्रशासनलाई प्रतिप्रश्न गरेका छन्। दुई महिना बित्दा समेत घटनाको वास्तवकिता पत्ता नलाग्नुले घटनाको सुक्ष्म अनुसन्धानमा प्रशासन गम्भीर नभएको पुष्टि हुने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

'चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता'

एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार।

एनआरएनएलाई राजनीतिक बाहेक पूर्णअधिकार दिनुपर्छः केपी ओली

ओलीले गैरआवासीय नेपालीहरुलाई एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने विचार व्यक्त गरेका थिए। उनले गैरआवासीय नेपालीहरुलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।

तीन सांसदद्वारा नागरिकता विधेयकमा विरोधको सूचना

सूचना दर्ता गराउनेमा नेकपा एमालेका भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल छन्। एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेको विधेयक फिर्ता ल्याएर सरकारले समितिको अवहेलना गरेको बताए।

निष्प्राण र हानिकारक सरकार हामी बोक्न सक्दैनौंः ओली

‘यसैलाई बोकिरहन चाँही अब उपयुक्त हुँदैन। यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ। तर निष्प्राण भयो। त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन। हानिकारक छ भने झन बोक्नु हुँदैन। यसले हैजा फैलाउँछ। गठबन्धन देशका लागि यो मृत भइसक्यो।'

एमालेद्वारा नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति

विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट सुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए। उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताए। उनले नमिलेको विषयलाई यही संसदमा छलफल गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्