१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको बताए। उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिएपनि भोट बालुवामा पानी हाले बराबर भएको बताए।

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।

सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे। कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भएपनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाइ छ। उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए।

प्रकाशित: ४ श्रावण २०७९ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App