१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्लै जान तयार छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका छन्।  

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताएका हुन्।  

त्यस्तै उनले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको पनि बताएका छन्। उपाध्यक्ष पोखरेलले भने, 'संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ।'

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए। 

प्रकाशित: ३ श्रावण २०७९ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App