coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन सांसदद्वारा नागरिकता विधेयकमा विरोधको सूचना

सैद्धान्तिक छलफलका लागि संसदमा प्रस्ताव गरिएको नागरिकता विधेयकमा तीन जना सांसदले विरोधको सूचना दर्ता गराएका छन्।

सूचना दर्ता गराउनेमा नेकपा एमालेका भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल छन्। एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेको विधेयक फिर्ता ल्याएर सरकारले समितिको अवहेलना गरेको बताए।

नेमकिपाका सांसद सुवालले संघ र प्रदेशको छुट्टाछुट्टै नागरिकताको व्यवस्था गर्नुपर्ने, खुला सीमा नियमन गर्नुपर्ने लगायतका माग राखेर सूचना दर्ता गरेका छन्। अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको उल्लेख गर्दै विरोधको सूचना दर्ता गरेका हुन्।

प्रकाशित: २८ असार २०७९ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App