२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ।

एमसिसीलाई गिजोल्न पाइँदैनः ज्ञवाली

‘सार्वभौमसत्ता सम्पन्न संसद्का सदस्यले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ। संसद्मा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धन कार्यदलहरूको अँध्यारो घेराभित्र राखेर एमसिसीलाई गिजोल्न पाइँदैन।’

लुम्बिनी प्रदेशः फेरिएला सरकारको नेतृत्व

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व फेरबदल हुनुपर्ने प्रस्ताव राखिसकेका छन्। उक्त सहमतिअनुसार वर्तमान सरकारमा रहेको माओवादी नेतृत्व आगामी फागुन २ गतेसम्म मात्रै कायम रहने भनिएको थियो।

सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।

स्थानीय तह निर्वाचनः ऐन संशोधनको गृहकार्यमा गठबन्धन, कांग्रेसमा मतभेद

स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषय गठबन्धनभित्र प्रवेश भएको छ र जुनजुन विकल्पका बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन्। ती कुनै पनि विषय संविधानसम्मत छैनन्। संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन। बोक्नुहुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौं। गगन थापा महामन्त्री, कांग्रेस

प्रदेश १ बाट एमालेका शेर्पा निर्वाचित

सातवटै प्रदेशमा गठबन्धन दलको स्पष्ट बहुमत देखिएको भए पनि त्यो बहुमत १ नम्बर प्रदेशमा एकत्रित हुन सकेन। विगतमा एमालेबाटै निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका कारण पनि एमालेले अपेक्षा गरेको भन्दा बढी मत पाएको छ।

मधेस प्रदेशमा एमाले–लोसपा सहकार्य

लोसपा स्रोतका अनुसार यो सहकार्य आगामी निर्वाचनसम्म जाने प्रबल सम्भावना छ। ‘पाँचदलीय गठबन्धनमा नभएका दलले अर्को गठबन्धन गर्न सक्छन्। यो स्वाभाविक पनि हो,’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले आगामी चुनावसम्म एमाले र लोसपाबीच सहकार्य हुने सम्भावना छ ।’ तर आगामी चुनावसम्म सहकार्य गर्ने सहमति भने भइनसकेको उनले बताए।

कोरोनाले एमालेका सबै कार्यक्रम स्थगित

संक्रमणकै बीचमा ६४ जिल्लामा अधिवेशन सम्पन्न भए पनि एमालेले प्रदेश संगठन कमिटी तथा जनवर्गीय संगठनका अधिवेशन स्थगित गरेको छ।

एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौं ।

सबै संयन्त्र परिचालन गर्न एमालेको माग

प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।

मौलापुर नगरपालिकाद्वारा दलितको लागि २५ पक्की घर निर्माण

जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म आफूहरुले यति राम्रो दलितबस्ती कतै नदेखेको पनि उल्लेख गरे।

एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी

दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सवै विसी प्यानलका हुन्।

एमाले कास्कीमा पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङ विजयी

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ बिजयी भएका छन्। नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङ नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका हुन्।

नेपाली भूमिमा भारतले सडक बनाएकाप्रति आपत्ति

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको उल्लेख गरेका छन्। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्