४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसिसीलाई गिजोल्न पाइँदैनः ज्ञवाली

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता गठबन्धन दलका नेताहरूले एमसिसी परियोजनालाई भू–राजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन्। 

‘सत्तामा रहेका दलका नेताहरू जानीजानी भू–राजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ। एमसिसी एउटा विकास परियोजना हो। त्यसलाई लिने कि नलिने भन्ने नेपालको सार्वभौम संसद्को, नेपालका राजनीतिक दलहरूको स्वेच्छिक विषय हो,’ राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले भने, ‘एउटा विकास परियोजनालाई जानीजानी भू–राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ। यसमा सरकार क्लियर होस्।’

एमसिसीको विषय संसद्मा आउनुपर्ने धारणा राख्दै ज्ञवालीले भने, ‘सार्वभौमसत्ता सम्पन्न संसद्का सदस्यले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ। संसद्मा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धन कार्यदलहरूको अँध्यारो घेराभित्र राखेर एमसिसीलाई गिजोल्न पाइँदैन।’

प्रकाशित: २० माघ २०७८ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App